महिला टि–२० क्रिकेट लिग असौजको अन्तिम साता बाट

92
  • 33
    Shares

पोखरा,
पोखरा प्रिमियर लिगको सफल आयोजनाको एक वर्ष पनि नवित्दै क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालीले काठमाडौमा महिला टि–२० क्रिकेट लिगको तयारी शुरु गरेको छ ।

आगामी असौज २९ गते देखि कार्तिक ७ गते सम्म क्विन्स इभेन्टले महिला क्रिकेट लिग गर्ने भएको संस्थाका प्रवन्ध निर्देशक छुम्बी लामाले जानकारी दिएका छन ।

पुरुष खेलाडी जस्तै गरि नेपाली महिला क्रिकेट खेलाडीको बिकास र विस्तारमा वोमेन्स च्याम्पियन्स टि–२० क्रिकेट लिगले महत्वपूर्ण योगदान दिने प्रवन्ध निर्देशक लामाले बताएका छन ।

प्रतियोगिता अन्तरगत पोखरा पल्टन, चितवन राइनोज, बिराटनगर टाइटान, ललितपुर फाल्कोन र क्याट क्विन्स काठमाडौले प्रतिष्पर्धा गर्नेछन ।

प्रतिष्पर्धामा रहेका टिम अन्तरगत सिता राना मगर पोखरा पल्टन, इन्दु वर्मा चितवन राइनोज, रुबिना क्षेत्री क्याट क्विन्स काठमाडौ, सरिता मगर बिराटनगर टाइटान र नेरी थापा ललितपुर फाल्कोन टिमका लागि मार्की खेलाडीका रुपमा घोषित भइसकेका छन ।


  • 33
    Shares

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here