बिजया दशमी पर्वको अबसरमा यूएईमा फुटबलको रौनक

87
  • 2
    Shares

पोखरा,
नेपालीहरुको महान पर्व बिजया दशमीको अबसरमा यूएइका नेपालीहरु बिच फुटबलको रौनक छाएको छ ।

‘हामी नेपाली एक छौं’ भन्ने एकताको सन्देशका साथ यूएईमा फुटबलको आयोजना गरिएको आयोजक मध्येका राउल श्रेष्ठले जानकारी दिएका छन । उनका अनुसार यहि २७ सेप्टेम्बरमा आयोजना हुने फुटबल प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा उपाधी विजेता टिमले नगद ४ हजार १ सय ११ धिराम, खसी, ट्रफी र मेडल तथा दोश्रो हुने टिमले २ हजार ५ सय धिरामका साथमा खसी, ट्रफी र मेडल प्राप्त गर्नेछन ।

यसै गरि प्रतियोगितामा वेष्ट प्लेयर, वेष्ट गोलकिपर, वेष्ट डिफेन्स र हाइ स्कोर गर्ने खेलाडीले ५० धिरामका साथमा मायाको चिनो पाउनेछन भने फेयर प्ले टिमले २ सय धिरामका साथमा मायाको चिनो प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा म्यान अफ दि म्याच स्वरुप खेलाडीले ५० धिराम नगद र मायाको चिनो प्रदान गरिने छ ।

नेपाली पर्वहरुमा कुनै न कुनै खेलकुद आयोजना गरि स्वथ्य जिवन र भाइचारको सन्देश दिन यूएईमा यस्ता प्रतियोगिताहरु हुँदै आएका छन ।


  • 2
    Shares

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here