साफ च्याम्यिनशिप तयारीका लागि लिग च्याम्पियन संग मैत्रीपूर्ण म्याच, आइतबार पोखरा ११ संग दोश्रो म्याच खेल्ने

126
  • 53
    Shares

पोखरा,
नेपालमा आयोजना हुने दक्षिण एसियाली राष्ट्र साफ अन्तरगत यू–१८ च्याम्पियनशिपका लागि आज नेपाली यू–१८ राष्ट्रिय टिमले कास्की लिग च्याम्पियन संग मैत्रीपूर्ण म्याच खेलेको छ ।

साफको तयारीका लागि करिब एक साता प्रशिक्षण गर्न पोखरा आएको टिमले बिहीबार कास्कीको लिग च्याम्पियन आदर्श युवा क्लबसँग मैत्रीपूर्ण खेल खेलेको हो ।

सहारा क्लब पोखरा द्वारा संचालित दोविल्ला स्थित सहारा एकेडेमीको मैदानमा भएको मैत्रीपूर्ण खेलमा राष्ट्रिय यू–१८ टोली १०–१ गोलले विजयी भयो ।

प्रशिक्षक चेतनारायण श्रेष्ठले राष्ट्रिय टोलीका खेलाडीको क्षमता हेर्न टिमलाई ए र बि टिम बनाएर मैदानमा उतारेका थिए । ए टिमले पहिलो हाफमा आर्दश विरुद्ध ६ गोल गरेको थियो भने दोश्रो हाफमा बि टिमले ४ गोल गरेको थियो ।

खेलको पहिलो हाफमा शीशिर लेखीले सातौं मिनेटमा टोलीका लागि पहिलो गोल गरे भने ११ औं मिनेटमा मनीष थापाले, १४ औं मिनेटमा नितिन थापाले, २७ औं मिनेटमा रोशन राना मगरले, ३५ औं मिनेटमा पदम भट्टराईले र ४० औं मिनेटमा मनीष डाँगीले गोल गरे ।

त्यसै गरि दोस्रो हाफमा सुचु गुरुङले दुई गोल गरे । उनले ७७ औं र ८०औं मिनेटमा गोल गरेका थिए । खेलमा दर्शन गुरुङले ७० औं र कैलाश लामिछानेले ८५ औं मिनेटमा गोल गर्दै टिमलाई बिजयी बनाए । यता लिग च्याम्पियन आदर्शले ७८ औं मिनेटमा गोल फर्काएको थियो ।

टोलीले आइतबार विहान ८ बजे सहारा एकेडेमीमा पोखरा ११ संग दोश्रो मैत्रीपूर्ण म्याच खेल्ने कार्यक्रम तय भएको छ । टोली सोमबार राजधानी फर्कने कार्यक्रम रहेको छ ।

साफ यू १८ फुटबल प्रतियोगिता आगामी असोज ३ देखि १२ गतेसम्म काठमाडौँको हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपीएफ) को खेल मैदानमा हुनेछ । च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा छ । उक्त समूहमा माल्दिभ्स र भुटान छन भने समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का र भारत छन ।

तस्बिरः सुदर्शन रंजित


  • 53
    Shares

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here