पल्सर स्पोर्टस अवार्ड बिजेता योगेश र यूकेशले पाए बाइक (फोटो र भिडियो सहित)

200

पोखरा, २० साउन । खेलकुद पत्रकार मंच, काठमाडौले राजधानीमा गरेको १७ औं पल्सर स्पोर्टस अवार्ड पुरुष तर्फका सर्वोत्कृष्ट वर्ष खेलाडी २०७५ का बिजेता यूकेश गुरुङ र सर्वोत्कृष्ट प्रशिक्षक योगेश भट्टराईले पल्सर बाइक प्राप्त गरेका छन ।

पोखरामा बजाज पल्सरको अधिकृत बिक्रेता इच्छाशक्ति अटोमोवाइलले कम्पनी बाट प्राप्त बाइक यूकेश र योगेशलाई हस्तान्तरण गरेको हो । उक्त पल्सर एन एस बाइकको मुल्य २ लाख ८६ हजार ९ सय रुपैंया रहेको छ ।

इन्डोनेसियामा सम्पन्न १८ औं एसियाली खेलकुदमा नेपालका लागि प्याराग्लाइडिङ खेल बाट ऐतिहासिक रजत पदक जितेको थियो । नेपाली पहिलो पटक सहभागिता जनाउँदै प्याराग्लाइडिङको टिम क्रस कन्ट्री इभेन्टमा रजत पदक जितेको थियो । उक्त इभेन्टमा यूकेशले उत्कृष्ट खेल पदर्शन गर्दै नेपाललाई रजत पदक दिलाउन टिममा महत्वपूर्ण भूमिका खेलेका थिए ।

कार्यक्रममा बोल्दै प्याराग्लाइडिङका प्रशिक्षक तथा १८ औं एसियाली खेलकुदमा टिमलाई रजत पदक जिताउन सफल रहेका योगेश भट्टराईले देशका लागि ऐतिहासिक पदक जित्न पाउँदा खुसी लागेको बताए ।

Pulsar Winner Yogesh Bhattrai

Posted by PokharaSports.com on Tuesday, 6 August 2019

कार्यक्रममा बोल्दै इच्छाशक्ति अटोमोवाइलका प्रवन्ध निर्देशक इच्छामान वुद्धाचार्यले विजेता खेलाडीलाई बाइकको चावी हस्तन्तरण गर्दै सामाजिक र खेलकुदको क्षेत्रमा आफ्नो कम्पनीले सहयोग गर्ने बताए । उनले आफूले पोखरेली दुई दुई जना एसियाली पदक विजेता खेलकर्मीलाई बाइक हस्तान्तरण गर्न पाउनु गौरबको विषय रहेको बताए ।
तस्बिरः सुर्दशन रंजित


प्रतिक्रिया

Please enter your comment!
Please enter your name here