आहा ! रारा ! गोल्ड कपको सम्पुर्ण तयारी पुरा, उद्घाटनमा सहारा र ब्रिगेड ब्वाइज भिड्ने

केशव पाठक/पोखरा,
यहि फागुन २२ गते बाट शुरु हुने १८ औं सस्करणको आहा ! रारा ! गोल्ड कपको सम्पुर्ण तयारी पुरा भएको सहारा क्लब पोखराले जनाएको छ ।

सहाराले पत्रकार सम्मेलन मार्फत उक्त कुराको जानकारी दिंदै प्रकाशित खेल तालिका अनुसार आयोजक सहारा क्लब र व्रिगेड ब्वाइज क्लब काठमाडौ फागुन २२ गते हुने उद्घाटन खेलमा भिड्ने भएका हुन ।

यहि चैत १ गते सम्म हुने खेल तालिका यस्तो छ


प्रकाशित तालिका अनुसार सहभागि १० टिम मध्ये विभागिय नेपाल टोली नेपाल पुलिस क्लब र मनाङ मर्स्याङदी क्लव भने सोझै वाई पाएर क्वाटरफाइनलमा भिड्ने छन । जस अनुसार २३ गते नेपाल एपिएफ क्लब र झापा ११ का विच खेल हुनेछ भने २४ गते नेपाल पुलिसले सहारा र ब्रिगेडको विजेता मध्ये संग भेट पक्का गरेको छ ।

फागुन २५ गते नेपाल एपिफ र झापा ११ को विजेता मध्येको टिम संग मनाङ मर्स्याङदी क्लवले आफ्नो भेट पक्का गरेको छ । त्यसै गरि फागुन २६ गते गान्तोक सिटी क्लव भारत र नेपालको ए डिभिजनको विच रोचक खेल हुने अनुमान गर्न सकिन्छ ।

पहिलो चरणको अन्तिम खेल फागुन २७ गते संकटा र विभागिय टीम त्रिभुवन आर्मी क्लबका विच हुने भएको छ । प्रकाशित तालिका अनुसार फागुन २८ र २९ गते सेमीफाइनल र चैत्र १ गते फाइनल खेल हुने सहारा क्लबका अध्यक्ष केशव बहादुर थापाले जानकारी दिएका छन ।

पोखराको उधोग हिमश्री फुड्सको उत्पादन आहा ! रारा ! चाउचाउको मुख्य प्रायोजनमा हुने उक्त प्रतियोगितामा उपाधी विजेता हुने टिमले रु. १० लाख १ हजार र उपविजेता हुनेलाई रु. ५ लाख १ हजार रुपैयाँ प्रदान गरिने भएको छ ।

प्रतियोगिताको अनुमानित आम्दानी १ करोड १८ लाख १ हजार रुपैयाँ र अनुमानित खर्च ९९ लाख ३८ हजार ५ सय रुपैयाँ प्रक्षेपण क्लवले गरेकोछ । प्रतियोगितामा वचत हुन आएको रकम क्लबबाट संचालित सहारा एकेडेमीमा खर्च गरिने अध्यक्ष थापाले बताएका छन । हाल ऐकेडेमीमा तेश्रो व्याचका १४ जिल्लाका २४ जना बालकहरु आश्रित छन ।

सुजल श्रेष्ठलाई सम्मान गरिने

सहारा क्लवले यस वर्ष फुटबलका राष्ट्रिय खेलाडी सुजल श्रेष्ठलाई सवोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७६ बाट सम्मान गनेै भएको छ । सहाराले हरेक वर्ष फुटबल खेलाडीलाई सम्मान गर्दै आएकोमा यस वर्ष सुजल उक्त सम्मान पाउन लागेका हुन । उनलाई ३५ हजार नगद, प्रमाणपत्र र दोसल्लाले सममान गरिने भएको हो । उक्त नगद पुरुस्कारको प्रायोजन क्लवका मानार्थ सदस्य खेम बहादुर गुरुङले गरेका छन ।

१३ औं दक्षिण एशियाली खेलकुद (साग)मा नेपाली टिम सम्हालेका सुजल ए डिभिजनको क्लव मछिन्द्रका समेत टिम कप्तान हुन । उनकै कप्तानीमा १३ औं सागमा नेपालले फुटबलमा स्वर्ण पदक जितेको थियो भने हालै सम्पन्न लिगमा समेत टिमलाई लिग उपाधी जिताउन अहम भुमिका खेलेका थिए ।

सहारा युके, हङकङ र सहारा अष्ट्रेलियाको सहयोग
प्रतियोगिताका लागि निर्णयक ट्रफी, वेष्ट अफ फाइभ ट्रफी, म्यान अफ दि म्याच ट्रफी, सर्वोत्कृष्ट ट्रफी, फेयर प्ले ट्रफी, मेडल लगाएत प्रत्येक म्याचमा ५ हजार सहित म्यान अफ दि म्याचको पुरस्कार रकम सहारा युकेले सहयोग गर्ने भएको छ भने सहारा हङकङले नगद २ लाख र सहारा अष्ट्रेलियाले दोस्रो पुरस्कार वापतको रकम सहयोग गर्ने क्लबले जनाएको छ ।

टिकट दर समेत घोषणा
सहारा क्लव पोखराले यहि फागुन २२ गते बाट हुन लागेको प्रतियोगिताको टिकट दर समेत घोषणा गरेको छ । प्रतियोगिताको प्रि क्वाटर अर्थात पहिलो चरणका खेलका लागि १ सय, क्वाटर फाइनलका लागि १ सय ५०, सेमिफाइनलका लागि २ सय र फाइनल खेलको २ सय ५० रुपैया टिकट कायम गरेको हो । सिजनल टिकटका लागि १ हजार ५ सय तोकिएको छ ।

सहारा क्लवले पोखरा रंगशालाको सुविधाजनक रंगशालामा पहिलो पटक आहा रारा फुटबल आयोेजना गर्न लागको हो । क्याराभान सहित १९ औं सस्करण सम्म आइपुग्दा पोखरेली दर्शकले यस्तो सुविधाजनक स्टेडियममा खेल अवलोकन गर्ने पहिलो पटक मौका समेत पाउँदैछन ।

पत्रकार सम्मेलनमा मुख्य प्रायोजक संस्थाका तर्फ बाट सांसद सूर्य बहादुर केसी, सहारा युकेका उपाध्यक्ष कुशाङ गुरुङ, सहाराका महासचिब रामजी प्रसाद अधिकारी, सहाराका उपाध्यक्ष हरेराम गुरुङ (सुरज) लगाएतले प्रतियोगिताका विविध पक्षका बारेमा जानकारी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close