पोखरा फुटबल रंगशालामा लगाइने दुवो ‘बर्मुडा ग्रास’ आइपुग्यो

528
  • 552
    Shares

पोखरा,
पोखरा रंगशालामा निर्माणाधिन फुटबल रंगशालामा रोपिने दुवो ‘बर्मुडा ग्रास’ पोखरा आइपुगेको छ ।

नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई मध्येनजर गरि निर्माण भइरहेको रंगशालामा रोप्न भारतको कलकत्ता बर्मुडा ग्रास ल्याइएको हो ।

भारतको ग्रेट स्पोर्टस कन्सट्रक्सन कम्पनी र नेपालको एम ए कन्सट्रक्सन प्रालीले निर्माण गरिरहेको रंगशालको कामलाई तिव्रता दिन कलकत्ता बाट दुवो झिकाइएको कम्पनीका प्रोजेक्ट म्यानेजर दिपक बरालले बताएका छन ।

कलकत्ता काट झिकाइएको दुवो पोखरा आइपुग्न करिब ४ दिनको समय लाग्ने भएपनि भारतिए भन्सारले रोक्दा करिव एक साता लागेको प्रोजेक्ट म्यानेजर बरालले बताए । ‘अहिले एक कन्टेनर मात्रै आइपुगेको छ अव केही दिन पछि थप ५ कन्टेनर दुवो पोखरा आइपुग्ने’ बरालले जानकारी दिए ।

भारतिए भन्सारले माटो र बनस्पती जन्य पर्दाथ आयात गर्दा आवश्यक प्रक्रिया नेपालले पुरा नगरेको भन्दै कारण भन्सारमा समस्या आएको प्रोजेक्ट म्यानेजर बरालले बताए । ‘अब सबै प्रक्रिया मिलिसकेको छ अब कुनै रोकावाट हुने छैन ।’ करिब १० स्वाकएर फिटको दुवोको चपेटालाई विहिवार बाट नै पोखरा रंगशालामा तयार गरिएको मैदानको भागमा राख्न सुरु गरिएको छ ।

पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी, उपनिर्देशक कृष्ण तिमिल्सिनाले शंयूक्त रुपमा दुवो लगाउने कार्यको शुभारम्भ गरेका थिए । लगाइएको दुवो जम्न कम्तिमा पनि ४५ दिन लाग्ने क्षेत्रिय खेलकुदका इन्जिनियर प्रनिश ताम्राकारले जानकारी दिए ।


  • 552
    Shares

1 टिप्पणी

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here