पोखराको प्याराग्लाइडिङ संचालन तथा व्यवस्थापन गर्न प्राधिकरणले कार्यदल बनायो

462
  • 136
    Shares

केशब पाठक,
पोखरा,
पोखराको प्याराग्लाइडिङ उडान संचालन तथा व्यवस्थापन गर्न नागरिक उड्ययन प्राधिकरणले एक कार्यदल बनाएको छ ।

प्राधिकरणका निर्देशक शुभाष झाको संयोजकत्वमा गठित ५ सदस्यिय कार्यदलको सदस्यमा संस्कृती, पर्यटन तथा नागरिक उड्ययन प्रधिकरणका अधिकृत स्तरका कर्मचारी, प्रधिकरणका मुकेश दाहाल, नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष योगेश भट्टराई, ना का कार्यकारी अधिकृत कृष्ण प्रसाद भण्डारी, ना का सल्लाहाकार शैलेन्द्र राउत सदस्य र ना का सचिब इन्द्र प्रसाद भण्डारी सदस्यमा रहेका छन । समितीको सदस्य सचिबमा प्रधिकरणका देवेन्द्र प्रसाद पाण्डेलाई नियूक्त गरिएको छ ।

१५ दिन भित्र मन्त्रालयलाई विस्तृत अध्ययन प्रतिवेदन बुझाउने गरि गठित कार्यदलले व्यवसायिक प्याराग्लाइडिङको दर रेट, शुरक्षा तथा एक कम्पनीले दैनिक कति पटक सम्म उडान गर्न पाउने भन्ने बारे समेत अध्ययन गर्ने भएको छ । अध्ययन टोलीले प्राधिकरणको मनोरंजनात्मक उड्ययन नियमावली २०६९ संसोधनका लागि समेत अध्ययन गर्ने भएको छ ।

उक्त कार्यदलले पोखराको अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि हाल संचालनमा रहेको सराङकोट बाट उडान गर्न मिल्ने वा नमिल्ने भन्ने बारे समेत अध्ययन गर्नेछ । अध्ययन टोलीमा संलग्न मन्त्रालय तथा प्राधिकरणको टोली आगामी आइतबार एक साताको लागि पोखरा आइपुग्ने ना का सचिब भण्डारीले जानकारी दिए ।

शाहसिक खेलकुदमा पोखराको प्याराग्लाइडिङ संसारकै पाँचौ स्थानमा पर्ने भएकोले यसलाई अन्तर्राष्ट्रिय विमानस्थल संचालन पछि पनि जोगाइ राख्न के गर्ने भन्ने बारे टोलीले गहन अध्ययन गर्ने सचिब भण्डारीले बताए । ‘नेपालमा नै पर्यटकको समेत मुख्य रोजाई बन्ने गरेको प्याराग्लाइडिङ गण्डकी प्रदेशमा राज्यलाई कर बुझाउनेमा नम्बर एक स्थान ओगटेको’ भण्डारी बताउँछन ।

केही वर्ष बाट यता विचौलियाका कारण मारमा परेको प्याराग्लाइडिङको दर रेट, उडान संख्या र शुरक्षा समेत मुख्य रुपमा उठ्दै आएकोले यसलाई अझै परिष्कृत रुपमा टोलीले अध्ययन गर्ने छ । हाल पोखरामा ६२ भन्दा बढी प्याराग्लाइडिङ कम्पनीहरु संचालनमा छन भने ३ सय भन्दा वढी प्याराग्लाइडिङ पाइलटहरु रहेका छन । नेपाल हवाई खेलकुद संस्था (ना) ले अहिले प्राधिकरणको प्राधिकारिक संस्थाको रुपमा समेत कार्य गरिरहेको छ ।


  • 136
    Shares

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here