पोखरा प्रिमियर लिगको दोश्रो संस्करण कार्तिक तेश्रो साता बाट हुने

141
  • 61
    Shares

पोखरा,
पोखरेली खेलप्रेमीहरुको मन खिच्न सफल पोखरा प्रिमियर लिग (पिपिएल) को दोश्रो सस्करण कार्तिकको तेश्रो साता अर्थात कार्तिक २६ गते बाट मंसिर ७ गते सम्म पोखरा रंगशालामा संचालन हुने भएको छ ।

नेपाली क्रिकेटको बिकास तथा खेलकुद मार्फत पर्यटन प्रवद्र्धनका लागि लागिपरेको संस्था क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले सो बारे विज्ञप्ती मार्फत जानकारी दिंदै पिपिएल लिगको दोस्रो संस्करणमा समेत नेपालका ६ शहरका ६ फ्रेञ्चाइज टिमहरुको सहभागिता रहने जनाएको हो ।

प्रतियोगितामा विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर, चितवन राइनोज, काठमाडौं रोयल्स् र धनगढी ब्लुजको सहभागिता रहनेछ । टिममा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरु तथा विदेशका चर्चित खेलाडी आबद्ध हुनेछन् आयोजक संस्थाका प्रवन्ध निर्देशक छुम्बी लामाले जानकारी दिएका छन ।

गत वर्षको पोखरा प्रिमियिर लिगमा पनि नेपालका राष्ट्रिय क्रिकेट खेलाडीहरु तथा विदेशका चर्चित खेलाडीले विभिन्न फ्रेन्चाइज टिम बाट सहभागिता जनाएका थिए । जसमा घरेलु टिम पोखरा पल्टन च्याम्पियन भएको थियो ।

विश्वको लोकप्रिय खेल मध्येको एक क्रिकेटको रोमाञ्चक प्रतियोगिता पिपिएलको आयोजनाले यस क्षेत्रमा क्रिकेटमार्फत पोखराको पर्यटन विकासमा योगदान पुग्ने आयोजकले जनाएको छ । नेपााल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउन लागेको अवसरमा पोखरा प्रिमियर लिग सकारात्मक सन्देश दिन एक माध्यम बन्न सक्ने प्रवन्ध निर्देशक लामाले जनाएका छन । उनले भनेका छन–‘पिपिएल जस्तो लिग प्रतियोगिताले आन्तरिक र बाह्य पर्यटन प्रबद्र्धनमा भूमीका खेल्ने विश्वास गर्दछौ ।’


  • 61
    Shares

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here