हरिश्वरका प्रिय गुरु अर्जुन, जसले गुरुका नाममा क्लब स्थापना गरे

524

केशब पाठक,

पोखरा, ३० असार । कुनै पनि खेल गुरु (प्रशिक्षक) र चेलाको आत्मिए सम्वन्ध बाटनै अगाडी बढ्छ । गुरु त्यस्तो होस खेलको मात्र नभई चेलाको हरेक जिवनका पाटाहरुको पनि ख्याल राखोस । ति मध्ये एक थिए पोखराका तेक्वान्दो प्रशिक्षक स्व.अर्जुन गुरुङ । सायद नेपालमा गुरुको नाम बाट कुनै चेलाले स्थापना गरेको एक मात्र क्लब हो जहाँ तेक्वान्दोको प्रशिक्षण हुन्छ ।

पोखरामा तेक्वान्दो खेलका मियों मानिने स्व.अर्जुन गुरुङ तत्कालिन अवस्थामा गण्डकी अञ्चल खेलकुद बिकास समितीका सदस्य सचिब थिए । पोखराको तेक्वान्दो खेल बिकासका लागि उनको योगदान महत्वपूर्ण मात्रै होइन उनको योगदान र व्यवहारको बखान गरेर कहिल्यै पनि नथाक्ने उनका चेला हरिश्वर पोखरेल बताउँछन ।

हरिश्वर र अर्जुन बिचको यो गुरु चेलाको सम्वन्ध यस्तो रह्यो उनको देहवाशन पछि पनि हरिश्वरले त्यो सम्वन्धलाई जिवन्त बनाइ राख्न अर्जुनको नाउँमा क्लबको नामाकरण गरे । एशियाडमा सहभागिता जनाई सकेका हरिश्वर अझै पनि आफ्ना गुरु अर्जुनले चेलाहरु प्रति गरेको व्यवहारका लाग नतमस्तक मात्रै छैनन जिवनको आधा उकाली पार गरेका उनी त्यही मार्ग डोर्याउन प्रयाशरत छन ।

भर्खरै पृथ्बीनारायण क्याम्पसमा यूवा हरिश्वरलाई मार्शल आर्ट तर्फको खेलले ध्यान खिच्यो । ब्रुसलीका चलचित्र हेरे पछि आफू समेत खेल सिकेर आत्मरक्षा गर्न तिर उनको ध्यान गयो । तत्कालिन अवस्थामा प्रतिविन्धित तेक्वान्दो खेल सिक्न उनी अर्जुनको सम्पर्कमा पुगे । उनले हरिश्वरलाई तेक्वान्दोमा निखार्ने काम मात्रै गरेनन एशियाली खेलकुदको मंचमा समेत उभ्याए ।

अर्जुनले प्रशिक्षणका दौरान निकै कठिन प्रशिक्षण दिने गरेको हरिश्वरको मनमा अझै पनि ताजा छ । तर प्रशिक्षण पछि अर्जुनले ति कठिन प्रशिक्षण विर्साउन नाच गान र मनोरंजनपूर्ण कार्यक्रम गरिहाल्थे । हरिश्वर भन्छन–‘अनि त सबै ति भर्खरै अभ्यास गरेका कठिन घडि एकैछिनमा विर्सिएर शरिरमा नयाँ रगत संचार हुन थाल्थ्यो ।’ अर्जुन प्रशिक्षक मात्रै थिएनन बाटोमा हिंड्दै गर्दा ढुङा देखे भने गाडी रोकेरै त्यसलाई पन्छ्याउँथे । अर्जुनका हरेक स–सना कृयाकलाप बाट सिकेका हरिश्वर आफूले उनी बाट यस्ता धेरै कुरा सिकेको बताउँछन ।

‘एउटा जन्म दिने आमा बुवा अनि आफूलाई सिकाउने गुरु जसले सत्मार्गको बाटोमा हिड्न डोर्याए उनीहरुलाई बिर्सन सकिदो रहेनछ’ हरिश्वर भन्छन–‘अहिलो त्यस्तो छैन गुरुले चेलालाई दासको व्यवहार र चेलाले गुरुलाई अनादार गरेको देख्दा अचम्भ लाग्छ ।’ उनी ति दिन सम्झिदैं भन्छन–‘जती बेला म एशियाली खेलकुदका लागि काठमाडौंमा थिंए अर्जुन गुरु काठमाडौ जाँदा होटलमा पुगेर भेटने अनि डाइटका लागि १–२ सय रुपैया हातमा हाल्दै भन्ने गर्थे–राम्रो गर है ।’

हरिश्वर आफना गुरु अर्जुनको नाममा क्लब खोल्नुका पछाडीका उद्धेश्यका बारेमा खोत्ल्दै भन्छन–‘उहाँले जुन आदर र सम्मान दिनु भयो आफ्ना चेलालाई त्यो सबैका लागि प्रेरणादायी बन्न सक्छ ।’ अर्जुन तेक्वान्दोका प्रशिक्षक मात्रै नरहेर प्रेरणको श्रोत पनि भएकोले उनकोे नाम आफ्नो जिवनको अन्नत काल सम्म लिइरहन र समाजमा चिनाउन पनि क्लवको नामाकरण गरेको प्रष्टाउँछन उनी ।

अहिले खेलकुदमा आदर सम्मानका ठाउँमा जुन प्रविती देखा परेको छ त्यो खेलकुदका लागि अशोभनिय रहेको हरिश्वर बताउँछन । चेलाले गुरुको घरमा ध्यू लिएर भेट्न जाने देखि लिएर संगै बसेर रक्सि पिउने सम्मका व्यवहार देख्दा अचम्भ लाग्ने गरेको हरिश्वरको भनाई छ । ‘गुरुलाई जुन सम्मान दिन पर्ने हो त्यो देखिएको छैन अनुशासनमा बस्न पर्छ’ तेक्वान्दो संघका केन्द्रिय उपाध्यक्ष समेत रहेका हरिश्वर भन्छन–‘आफनो गुरु संग सम्मानपूर्वक कुरा गर्न सिक्नु पर्छ जुन अहिले हराएको छ ।’

काठमाडौ महाराजगंजमा स्थापना गरेको अर्जुन फिटनेस क्लब यति बेला पाँचौ वर्षमा पुगेको छ । क्लब बाट उनको योजना तेक्वान्दोको भेट्रान प्रतियोगिता गर्ने मात्रै नभई राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिता सहित खेलाडी उत्पादन गर्ने रहेको छ । ‘हामी त एक दिन यो संसार बाट बिदा लिन त छ नै तर तेक्वान्दो यस्तो खेल हो जो कहिल्यै मर्दैन र जिवनका अन्नत काल सम्म पनि खेल्न सकिन्छ’ हरिश्वर भन्छन । तेक्वान्दो आफ्नो नसा–नसामा भएका कारण पनि तेक्वान्दो आफ्नो जिवनको अभिन्न भएको उनी ठान्छन । आफ्नो व्यवसायिक जिवन त्यागेर अब तेक्वान्दोको बिकासमा जुट्ने उनको धोको छ ।


प्रतिक्रिया

Please enter your comment!
Please enter your name here