बिनोदको अर्धशतकिय पारिमा नेपालले हङकङलाई जित्यो

63
  • 19
    Shares

पोखरा,
ओमानमा जारी पाँच देशको टि–२० ऋंखला सिरिजमा नेपालले हङकङ संग ४ बिकेटको जित हात पारेको छ । हङकङले दिएको १२६ रनको लक्ष्य नेपालले ६ बिकेटको गुमाउँदै हात पारेको हो । हङकङले दिएको लक्ष्य नेपालले १९ औं ओभरमा पार गरेको थियो ।

नेपाललाई जित दिलाउन मध्य क्रमका बिनोद भण्डारीले उत्कृष्ट पर्दशन गर्दै ५८ रनको अर्धशतकिए पारि खेलेका थिए । उनले ४९ रन बलमा नट आउट रहँदै ५८ रन बनाए ।

नेपालका लागि मध्य क्रमका ब्याट्स्म्यान आरिफ शेखले २४ बलमा २१ रन, पवन शर्राफ १०, सोमपाल कामी १३, रोहित पौडेल ५ र दिपेन्द्र सिंह ऐरीले ६ रन बनाए । तर एता कप्तान पारस खड्का भने पहिलो बलमा डक आउट हुँदै पेभिलिएन फर्के । हङकङका बलर शाहको बलमा पारस क्रिष्टिको हात बाट क्याच आउट भएका थिए ।

टस जितेर पहिले बलिङ गरेको नेपालले हङकङलाई १२५ रनमा समेटेको थियो । करण केसीले एकै ओभरमा तीन विकेट लिएपछि हङकङ सुरुमै दबाबमा परेको थियो । खेलमा अबिनाश वोहोराले एक बिकेट लिएका थिए भने दुई जना रन आउट भएका थिए ।

नेपालले ऋंखला अन्तरगत भोली नेदरल्याण्डको सामाना गर्नेछ ।
फायल तस्विर


  • 19
    Shares

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here