ब्यवसायिक जिवनमा गोल गर्न आतुर ईश्वर जसले पोखरामा शुरु गरे ‘स्पोर्टस क्यासल’

1024
  • 996
    Shares

केशब पाठक,
पोखरा,
४२ वर्षमा टेकेका नेपाली फुटबल टिमका पूर्व राष्ट्रिय खेलाडी इश्वर गुरुङ (चन्द्र) आफूमा अझै पनि धेरै फुटबल खेल्ने धोको रहेको भन्न छोडदैनन । तर अब उनी फुटबलर भन्दा पनि व्यवसायीक जिवनलाई अगाडी बढाउँदैछन ।

पोखरा भन्ने वित्तिकै लाहुरेको बस्ती । त्यसमा पनि गुरुङको छोरा, लाहुरे बन्ने धोको इश्वरमा नभएको त होइन । तर पटक–पटक फालिए । तर फुटबलमा उनी अव्व्ल खेलाडीका रुपमा चिनिन्थे । फुटबलकै कारण एसलसी भन्दा अध्ययन अगाडी वढन पनि सकेन । मैदानमा जोशका साथ खेल्ने उनको नियती नै थियो । संधै गोल गर्ने भोकमा उनीले आफ्नो खेल जिवनमा एनआरटी र मनाङ मस्र्याङदी टिम बाट प्रतिनिधित्व गरे ।

लाहुरे हुने रहरलाई उनले फुटबलमा जहिले सम्म खेले वाही वाही पाए । नेपाली १९ वर्ष मुनीको टिम बाट खेल्न वंगालादेश सम्म पुगे । नेपाल निलो बाट समेत देशको प्रतिनिधीत्व गरेर खेले । सपनामा समेत फुटबल पछि नेपालमा नै व्यवसायिक जिवनमा फड्को मार्न सक्छु भन्ने उनले कल्पना समेत नगरेको उनी बताउँछन । आफ्नो नशा नशामा फुटबलको रगत दौडि रहेको भन्न रुचाउने इश्वर, अव व्यवसायिक फुटबलको मैदान होमिएका छन ।

करिब ९ वर्ष देखि डिलाइट स्पोर्टस खोलेर व्यवसायमा खुट्टा जमाएका इश्वर अहिले भने केही साथीहरु संग मिलेर पोखरा ४ स्थित रामकृष्ण टोलको गणेश मन्दिर नजिक स्पोर्टस क्यासल पोखरामा स्थापना गरेका हुन । फुटबल पछि फुटसल खेलेर समय विताएका इश्वरले संधै सानो फुटसलमा खेल्दा–खेल्दै अव आफ्नै ठूलो र अन्तर्राष्ट्रिय मापदण्डको फुटसल मैदान बनाउने सपना उघ्रियो । त्यही सपनालाई साकार दिन एक वर्ष देखि साथीहरु संग मिलेर फत्ते गर्ने अन्तिम अवस्थामा उनी उभिएका छन ।

जिवनमा खेलेर संधै मायाँ गर्ने साथीभाई मात्रै होइन खेलाडी पनि एक राम्रो व्यवसाय बन्न सक्छ भन्ने उदाहरण पेश गर्ने इश्वरको स्पोर्टस क्यासल यहि भदौ १४ बाट शुरु हुँदैछ । ‘एक्लै हुन्थे भने आँट आँउनेथिएन होला तर साथीहरु संग जोडिएर गर्दा अब व्यबसायको नयाँ मोडलमा प्रस्तुत हुन प्रयासरत छौं’ उनी भन्छन–‘एउटा अन्तर्राष्ट्रिय मापदण्डको फुटसल मैदान र नयाँ प्रविधी यूक्त जिम खोल्ने चाहना थियो त्यो पुरा भयो ।’

यति बेला कोही उनी संग औधी खुसी छन त ति हुन अमेरिकामा रहेका आफ्ना आमा बुवा र श्रीमती । ‘अमेरिका बाट वुवा आमा यहि डिसेम्वरमा आउने भन्नु भएको छ’ उनले भने–‘उहाँ दुवै जना मेरो काम बाट निकै प्रभावित बन्नु भएको छ, यसले मलाई काम गर्न निकै हौसाएको छ ।’ सात जना साथीहरु संग मिलेर शुरु भएको स्पोर्टस क्यासल पोखराकै सुविधा सम्पन्न स्पोर्टस क्यासल हो । करिब ५ करोड भन्दा बढी लगानी भइसकेको स्पोर्टस क्यासलमा सुविधाजनक जिमले सबैलाई आर्कषित बनाउँछ ।

श्रीमती रश्मी सहित एक छोरा र एक छोरीका धनी इश्वरको मिलनसार स्वाभावले उनीमा ब्यवसायीकताको सम्पूर्ण झल्को दिन्छ । मैदानमा जुन जोशका साथ विपक्षी विरुद्ध गोल गर्न आतुर हुन्थे त्यो भन्दा निकै फरक सरल स्वभावले उनले व्यवसायीक जिवनलाई अगाडी बढाउने जर्मको गर्दैछन । फुटबल स्टेडियमको मैदानमा संयौ दर्शकका विच जिवनमा आफूले टिमलाई जिताउन धेरै गोल गरेको इतिहास भएपनि व्यवसायिक जिवनको मैदानमा अब गोलको वर्षा गर्न उनी आतुर देखिन्छन तर गम्भिर रुपमा ।

स्पोर्टस क्यासल संगै खुलेको खाजा घर पनि निकै उत्कृष्ट छ । जिम आउनेलाई आवश्यक पर्ने जुश संगै स्वादिष्ट र स्वस्थकर खाजा समेतले स्पोर्टस क्यासलले थप सुविधा प्रदान गरेको छ ।

तस्बिरः सुदर्शन रंजित


  • 996
    Shares

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here