नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चन्द निर्वाचित, गण्डकी प्रदेश बाट सदस्यमा गौतम

155

पोखरा,
लामो समय देखि अन्तर्राष्ट्रि क्रिकेट काउन्सिल (आइसिसी)को निलम्वनमा रहेको नेपाल क्रिकेट संघले शनिवार बाट नयाँ नेतृत्व पाएको छ । शनिवार सम्पन्न निर्वाचनमा क्यानको अध्यक्षमा चतुर बहादुर चन्द निर्वाचत भएका छन ।

सम्पन्न निर्वाचन कुल खसेको ५९ मतमा आफ्ना प्रतिद्वन्दी बिनयराज पाण्डेलाई १५ का विरुद्ध ४४ मत प्राप्त गरि अध्यक्ष पदमा चन्द बिजयी भएका हुन । सम्पन्न निर्वाचनमा उपाध्यक्षमा रालुबाबु श्रेष्ठले मिङ्गमा डण्डु शेर्पालाई १७ का विरुद्ध ४३ मतले पराजित गरे ।

यसै गरि सचिबमा अशोकनाथ प्याकुरेल ४५ मत प्राप्त गरे भने उनका प्रतिद्वन्दी बिनोद मैनालीले १५ मत पाएका थिए । कोषाध्यक्षमा रोशन सिंह बिजयी भएका छन । उनले प्रतिद्वन्दी उपेन्द्र भट्टराईलाई १२ का विरुद्ध ४५ मतले पराजित गरे ।

गण्डकी प्रदेश बाट गौतम निर्विरोध
गण्डकी प्रदेशका तर्फ बाट ऋषीराम गौतम निर्विरोध निर्वाचित भएका छन ।

त्यसै गरि प्रदेश १ बाट कैलाश विष्ट, प्रदेश २ बाट दाउद अन्सारी, प्रदेश ३ बाट अमितबिर पाण्डे बिजयी बनेका छन भने प्रदेश ५ बाट प्रशान्त विक्रम मल्ल, ६ बाट पदमबहादुर खड्का र ७ बाट विक्रम विष्ट निर्वाचित भए ।

खुल्ला तर्फ बाट करण मल्होत्रा, दुर्गाराज पाठक, वीरेन्द्र चन्द, माधवकुमार कर्माचार्य, र सञ्जय सिंह निर्वाचित भएका छन भने केन्द्रीय सदस्यमा महिलाबाट जयन्ती भट्ट निर्विरोध निर्वाचित भएकी छन ।


प्रतिक्रिया

Please enter your comment!
Please enter your name here