अन्तर्राष्ट्रिय विमानस्थल संचालन पछि पोखराको प्याराग्लाइडिङ धरापमा !

445
  • 52
    Shares

केशब पाठक,
पोखरा,
नेपाल सरकार संस्कृती, पर्यटन तथा नागरिक उडययन मन्त्रालयले गठन गरेको पोखराको प्याराग्लाइडिङ अध्ययन टोली काठमाडौ फर्किएको छ ।

लगातार दुई दिन सम्म पोखराको अन्तर्राष्ट्रिय विमानस्थल संचालन पछि पोखराको प्याराग्लाइडिङ बारे के गर्ने भन्ने अध्ययन टोलीले मुख्य विषयमा केन्द्रित रहेर अध्ययन तथा छलफल गरेको टोलीका सदस्य एवमा नेपाल हवाई खेलकुद संस्था (ना) का सचिब ईन्द्र भण्डारीले बताए ।

पोखराको पर्यटन क्षेत्रमा अहम भूमिका खेल्ने शाहसिक खेलकुद मध्येको पोखराको प्याराग्लाइडिङ अहिले विश्वकै पाँचौ स्थान ओगट्छ । तर अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पछि विमानस्थलले पोखराको सराङकोट लगाएतको क्षेत्रलाई होल्डिङ जोनमा राखेको छ । त्यही कारणले पनि पोखराको प्याराग्लाइडिङ धरापमा परेको हो ।

अन्तर्राष्ट्रिय विमानस्थल संचालन पछि धरापमा परेको कुरा मान्न तयार छैनन ना का सचिब भण्डारी । उनले विमानस्थल संचालन पछि पनि पोखराको प्याराग्लाइडिङ जोगाई राख्न केही घन्टाको समय तोक्न अध्ययन टोलीमा व्यापक छलफल भएको बताए । ‘हामी एक महत्वपूर्ण निष्कर्ष सहित मन्त्रिज्यूलाई प्रतिवेदन बुझाउँदै छौं आशा छ पोखराको गहनाको रुपमा रहेको प्यारग्लाइडिङलाई यथावत संंचालन गर्न सबै सकारात्मक हुनेछन ।’

पोखराको पूर्वी क्षेत्र वाट ल्याण्डिङ गर्ने हवाईजहाज ल्याण्ड गर्न नसकेको अवस्था (मिस एर्पोच) भयो भने सोझै फेवाताल माथी आइपुग्न ३० सेकेण्ड लाग्ने हुनाले पनि यस बारे गहन अध्ययन गरिएको सचिब भण्डारीले बताए । ‘हामीले पोखराको प्याराग्लाइडिङ जोगाउँदै यसलाई व्राण्डिङ गर्न धेरै कुराको खोजी भइरहेको छ’ उनले भने–‘एकातिर लगानीलाई शुरक्षित राख्ने मात्रै नभई रोजगारको मुख्य सम्भावना र गण्डकी प्रदेशकै पर्यटनको मुख्य आधारलाई कसरी जोगाउने भन्ने अवस्था पनि हो ।’

अध्ययन टोलीले विमानस्थलको संचालन पश्चात कसरी पोखराको प्याराग्लाइडिङ जोगाउने भन्ने कुरालाई थप व्यवस्थित गर्न विभिन्न मुलुकहरुमा भएका अवस्थाको पनि अध्ययन गरेर प्रतिवेदन तयार गर्ने निर्णयमा पुगेको अध्ययन टोलीका सदस्य तथा ना का अध्यक्ष योगेश भट्टराईले बताए । पोखराको सराङकोट र तोरीपानी बाट उडान भर्ने विभिन्न कम्पनीहरुको मौसमनुकुल स्लट र समय निर्धारण गर्नका लागि प्राधिकारिक संस्था नाले नै जिम्मेवारी पाएको उनले बताए ।

पोखरामा फेवाताल नहुनु, माछापुच्छ्रे र अन्नपूर्ण हिमाल नहुनु जस्तै प्याराग्लाइडिङ बिनाको पोखरा कल्पना समेत गर्न नसकिने बताउँछन ना का महासचिब बसन्त दवाडी । शाहसिक खेल गतिविधीमा विश्व बजारमा पोखराको प्याराग्लाइडिङको नेपालको मुख्य व्राण्ड रहेको उनको तर्क छ । उनले भने –‘अहिले अध्ययन टोली केही महत्वपूर्ण निष्कर्ष सहित फर्किएको छ, आशा छ पोखराको प्याराग्लाइडिङ जोगाउन मात्रै नभई व्यवस्थित रुपले संचालन गर्न यो अध्ययन टोलीले भूमिका खेल्ने छ ।’

अध्ययन टोलीले बाहिर बाट पोखरा पटके उडानका लागि आउने विदेशी पाइलट, नेपाली पाइलटहरुको लाइसेन्स जारी, नविकरण, उपकरण दर्ता, पाइलटहरुलाई आवश्यक्ता अनुसारको तालिम लगाएतका कामको जिम्मेवारी प्राधिकारिक संस्थाले नै गर्न पाउने व्यवस्था गर्ने गरि तय भएको छ । नेपाल हवाई खेलकुद संंचालनका लागि रहेको मनोरंजनात्मक नियमावलीलाई पनि समय सापेक्ष अनुसार संसोधन गरिने अध्ययन टोली निष्कर्षमा पुगेको छ ।

पोखराको प्याराग्लाइडिङ उडानका लागि लाग्ने शुल्कका विषयमा समेत अध्ययन टोलीले छलफल गरेको छ । अव उडानका लागि समेत कति रकम लाग्ने भन्ने विषयमा केही दिन पछिनै टुँगो मन्त्रालयले लगाउने भएको छ ।

अध्ययन टोलीले अब लिपिवद्ध गरेर भदौ १५ गते सम्म प्रतिवेदन मन्त्रिलाई वुझाउने र सोही अनुसारको कार्यान्वयन गर्नका लागि समेत सिफारिस गर्ने भएको टोलीले जनाएको छ ।

पोखराको प्याराग्लाइडिङ उडान संचालन तथा व्यवस्थापन गर्न नेपाल सरकार संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले हालै एक कार्यदल बनाएको छ ।

प्राधिकरणका निर्देशक शुभाष झाको संयोजकत्वमा गठित ८ सदस्यिय कार्यदलको सदस्यमा संस्कृती, पर्यटन तथा नागरिक उड्ययन प्रधिकरणका अधिकृत स्तरका कर्मचारी, प्रधिकरणका मुकेश दाहाल, नेपाल हवाई खेलकुद संस्था ना का अध्यक्ष योगेश भट्टराई, ना का कार्यकारी अधिकृत कृष्ण प्रसाद भण्डारी, ना का सल्लाहाकार शैलेन्द्र राउत सदस्य र ना का सचिब इन्द्र प्रसाद भण्डारी सदस्यमा रहेका छन । समितीको सदस्य सचिबमा प्रधिकरणका देवेन्द्र प्रसाद पाण्डेलाई नियूक्त गरिएको छ ।


  • 52
    Shares

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here