राष्ट्रिय महिला ह्याण्डबल खेलाडीहरु सहारा एकेडेमीमा (फोटो फिचर)

141
  • 143
    Shares

पोखरा/ तस्बिरः सुदर्शन रंजित
नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग)का लागि बन्द अभ्यासमा रहेका नेपाली राष्ट्रिय महिला ह्याण्डबल टोलीले शनिबार पोखरा १७ दोविल्लामा रहेको सहारा एकेडेमीमा भ्रमण गरेका छन ।

सहारा क्लब द्वारा संचालित नेपालको एक मात्र व्यवस्थित फुटबल एकेडेमीमा पुग्दा सहारा एकेडेमीमा रहेका यूवा फुटबल खेलाडीहरुले राष्ट्रिय महिला ह्याण्डबल टोलीलाई स्वागत गरेका थिए । सो अवसरमा सहारा एकेडेमीका यूवा खेलाडी कमल सोमई मगरले ह्याण्डबल टोलीलाई खादा लगाएर स्वागत गरे ।

सो अवसरमा महिला राष्ट्रिय ह्याण्डबल टोलीले सहारा एकेडेमीका यूवा खेलाडी संग मैत्रीपूर्ण फुटबल समेत खेलेका थिए । ह्याण्डबल टिमकी प्रशिक्षक विन्दा थापाले आफू कुनै दिन आएर सहाराका खेलाडीलाई ह्याण्डबल सिकाउने बताइन । टोलीमा प्रशिक्षक द्वय भिमसेन शाक्य र कृष्ण शाक्य समेत रहेका थिए ।

सहारा एकेडेमीमा हाल विभिन्न जिल्लाका २४ जना कठिन परिस्थितीका बालकहरु आश्रित रहेका छन ।


  • 143
    Shares

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here